

हेटौँडा । नेपाल औषधि व्यवसायी संघ (NCDA), मकवानपुर शाखाको सातौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले विष्णु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत (निर्विरोध) चयन गरेको हाे ।
औषधि व्यवसायीहरूको हकहित संरक्षण र औषधि बजारलाई मर्यादित बनाउने संकल्पका साथ नयाँ नेतृत्व चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई व्यवसायीहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिहरुमा वरिष्ठ उपाध्यक्ष भरत बहादुर कार्की, थोक उपाध्यक्ष निलम वैद्य, खुद्रा उपाध्यक्ष यादव अर्याल, महासचिव कृष्ण हरि न्यौपाने, कोषाध्यक्ष सलाम सिंह लामा, सचिव विनिता बानिया, सह-कोषाध्यक्ष नरहरी थापा साथै सदस्यहरू: तीर्थमान श्रेष्ठ, सुरेश श्रेष्ठ, सचिता पोखरेल, प्रज्ञान घिमिरे, भागवत तिमल्सिना रहेका छन् ।
प्रतिबद्धता र शुभकामना दिदै नवनिर्वाचित अध्यक्ष विष्णु थापाले औषधि क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न र व्यवसायीहरूबीचको एकता कायम राख्न आफ्नो टिम प्रतिबद्ध रहने बताउनुभएको छ ।
"हामी सबैको साथ र सहयोगले मकवानपुरको औषधि व्यवसायलाई अझ पारदर्शी र सेवामुखी बनाउनेछौँ," नवनिर्वाचित कार्यसमितिले प्रतिबद्धता जनाएको छ।
मकवानपुरका सम्पूर्ण औषधि व्यवसायीहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल र उपलब्धीमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सभा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएकोे हाे ।
१
२
३
४
५