

शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले रिबन काटी घरको साँचो चेपाङ दम्पतीलाई हस्तान्तरण गर्नुभयो।
आगलागी लगत्तै पार्टीका केन्द्र, जिल्ला र स्थानीय तहका कार्यकर्ताहरूले तत्काल राहतस्वरूप खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएका थिए। त्यसलगत्तै बसेको जिल्लास्तरीय बैठकले विपन्न चेपाङ परिवारका लागि श्रमदानबाटै एक महिनाभित्र घर बनाइदिने निर्णय गरेको थियो।
घर निर्माणका लागि लागत: २ लाख ५ हजार १ सय ६६ रुपैयाँ (नगद, जिन्सी र श्रमदानसहित), संरचना: दुई कोठे नयाँ घर, क्षेत्रफल: करिब साढे तीन धुर ऐलानी जग्गामा निर्मित, अवधि: एक महिनाभित्रै निर्माण सम्पन्न भएको थियो ।
घर निर्माण समितिका संयोजक एवं पार्टीका जिल्ला सह-सचिव रुद्र मुक्तानले स्वागत मन्तव्य राख्दै निर्माणको पूर्ण आयव्यय विवरण सार्वजनिक गर्नुभयो। उहाँले विकट गाउँमा स्रोत साधनको अभावका बाबजुद विभिन्न व्यक्ति, संघसंस्था र कार्यकर्ताको सहयोगले घर निर्माण सम्भव भएको बताउनुभयो। "विपन्न दम्पतीको बिचल्ली देखेपछि जसरी पनि घर बनाउनुपर्छ भन्ने आँट आयो र सबैको साथले आज यो सफल भयो," मुक्तानले भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार मल्लले श्रम संस्कृति पार्टीको यस मानवीय कार्यको प्रशंसा गर्नुभयो। उहाँले नागरिकता नभएकै कारण चेपाङ परिवार राज्यका सेवा सुविधाबाट वञ्चित भएको विषयमा आफूले विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
त्यस्तै, कार्यक्रममा बोल्दै पार्टीका मन्दिरा मोक्तान (केन्द्रीय सदस्य): विपद्मा परेका नागरिकको साथमा पार्टी सधैं रहने धारणाहरू राख्नुभयो । युनेश लामा (जिल्ला अध्यक्ष)ले भन्नु भयो ' मकवानपुरमा यसरी घरै बनाएर हस्तान्तरण गरिएको यो कार्य बागमती प्रदेशकै लागि पहिलो र ऐतिहासिक हो।'
उत्तम लामा (वडा अध्यक्ष): वडाले सधैं गरिब र विपन्नलाई प्राथमिकतामा राखेको छ, यस कार्यमा पार्टीले गरेको सहयोग सराहनीय छ।
श्रम संस्कृति पार्टी राक्सिराङ गाउँपालिका अध्यक्ष मान बहादुर मुक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव युवा राईले गर्नुभएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुन्दर लामा, पूर्व वडा अध्यक्ष बाबुलाल स्याङतान, समाजसेवी निश्चल थिङ, जिल्ला उपाध्यक्ष ध्रुब प्रसाद दाहाल, प्रवक्ता प्रकाश तामाङ लगायत विभिन्न तहका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
१
२
३
४
५