

विभिन्न माध्यमबाट फैलिएका भ्रम र अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सांसद उप्रेतीले स्थानीय बासिन्दालाई नआतिएर र संयमित रहन आग्रह गर्नुभएको छ।
सांसद उप्रेतीले जारी गर्नुभएको सन्देशमा काठमाडौँको परिस्थिति र मकवानपुरको समस्या पूर्ण रूपमा फरक रहेको उल्लेख छ। "काठमाडौँको घटनालाई लिएर हाम्रो क्षेत्रमा पनि त्रास फैलाउने काम भइरहेको छ," उहाँले भन्नुभयो, "तर यहाँको वास्तविकता फरक छ, त्यसैले आधिकारिक सूचना विना कसैको पछि नलाग्नुहोला।"
सरकारले जनताको गास, बास र कपास जस्ता आधारभूत आवश्यकतालाई गम्भीरताका साथ लिएको बताउँदै उहाँले भन्नुभयो:
घरबारविहीन नबनाइने: सरकार कसैलाई पनि घरबारविहीन बनाउने पक्षमा छैन।
हक-हितको रक्षा: स्थानीय बासिन्दाको हक र हितको पक्षमा आफू सधैँ दृढतापूर्वक उभिने।
न्यूनतम आवश्यकताको ग्यारेन्टी: जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको।
सांसद उप्रेतीले कुनै पनि आधिकारिक सूचना विना फैलाइएका हल्ला वा त्रासको पछि नलाग्न र संयमित रहन सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्नुभएको छ। उहाँले स्थानीयको सुरक्षा र अधिकारका लागि आफू निरन्तर सक्रिय रहने विश्वास समेत दिलाउनुभएको छ।
बिशेष गरि यही साता चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमीत टहरा बस्ती हटाउन सुचना जारी गरेपछि जनता त्रसित भएको थियो ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५