

क्याम्पसले विद्यार्थीको करियरलाई मध्यनजर गर्दै निम्न कोर्षहरू सञ्चालनमा ल्याएको छ:
BIT र BBA: प्रविधि र व्यवस्थापनको आधुनिक संगम।
BHM: अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी र होटल म्यानेजमेन्ट।
कानुनी शिक्षा (BALLB र LLB): आधुनिक 'मूट कोर्ट' सहितको व्यवहारिक कानुनी ज्ञान।
B.Ed. (आधुनिक शिक्षक): डिजिटल र व्यावसायिक सीपयुक्त शिक्षक उत्पादन गर्ने लक्ष्य।
क्याम्पसले यस वर्ष भर्ना हुने 'फाउन्डेसन ब्याच' का लागि विशेष प्याकेज घोषणा गरेको छ:
२०% भारी छुट: सबै नयाँ कार्यक्रमको शुल्कमा २० प्रतिशत सिधै मिनाहा।
१०% पूर्ण छात्रवृत्ति: जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था।
|
कार्यक्रम |
अवधि | प्रति सेमेस्टर/वर्ष शुल्क | जम्मा लगानी |
|---|---|---|---|
| B.Ed. | ८ सेमेस्टर | रु. २५,००० | रु. २,००,००० |
| BBA / BIT | ८ सेमेस्टर | रु. ३२,००० | रु. २,५६,००० |
| BALLB | १० सेमेस्टर | रु. ३६,००० | रु. ३,६०,००० |
| BHM | ८ सेमेस्टर | रु. ४४,००० | रु. ३,५२,००० |
| LLB | ३ वर्ष | रु. ४०,००० (वार्षिक) | रु. १,२०,००० |
क्याम्पस प्रमुख डा. देव चन्द्र मानन्धरका अनुसार अब हेटौंडाका विद्यार्थीले गुणस्तरीय शिक्षाका लागि काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। "हामीले विद्यार्थीलाई केवल किताबी ज्ञान मात्र होइन, स्वरोजगार बन्न सक्ने प्राविधिक र व्यवहारिक सीप सुनिश्चित गरेका छौँ," उनले बताए।
क्याम्पस सन्चालक आनन्द पराजुलीको अनुसार स्थानीय स्तरमै सस्तो, सुलभ र विश्वस्तरीय शिक्षा पाउनु मकवानपुरवासीका लागि एक सुनौलो अवसर हो। आफ्नो सिट सुरक्षित गर्न र थप जानकारीका लागि हेटौंडा क्याम्पसमा सम्पर्क गर्न सकिनेछ।
१
२
३
४
५