

कैलाश गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को विनियोजित योजना अन्तर्गत लाईवाङ-ताम्लाङ सडक निर्माण र रतुवा-ब्राउबारि सडकमा स्ल्याब ढलानको काम हुन लागेको हो। विशेषगरी रतुवा-ताम्लाङ सडक खण्डमा ढलान कार्य हुने भएकाले सवारी साधनको आवगमन पूर्ण रूपमा बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष उदास कुमार भोलनद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, मिति २०८३/०२/०४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारी साधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
सडक बन्द हुँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वडा कार्यालयले क्षमा याचना समेत गरेको छ। स्थानीय विकासको कामलाई प्रभावकारी बनाउन यो कदम चालिएको हुँदा सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ।
१
२
३
४
५